२०७८ साल माघ १० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमको खेल तालिका सार्वजनिक

रेडियो नेपाल २०७८ मंसिर २२ गते १४:१४

बैतडी । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताअन्तर्गत  सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलको तालिका सार्वजनिक भएको छ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले सार्वजनिक गरेको खेल तालिकाअनुसार यही मङ्सिर २५ गते सुरु हुने प्रतियोगिता २९ गते सम्पन्न हुनेछ । 

प्रतियोगितामा सहभागी हुने सुदूरपश्चिम प्रदेशका ६ जिल्लालाई दुई समूहमा विभाजन गरिएको प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो ।   

समूह ‘ए’ मा बैतडी, कञ्चनपुर र डोटी तथा समूह ‘बी’ मा कैलाली, डडेलधुरा र बझाङ छन् । 

कैलालीको फाप्ला खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल कैलाली र डडेल्धुराबीच हुनेछ । अर्को खेलमा बैतडी र डोटीले प्रतिस्पर्धा गर्नेछन् ।  

यस्तै मङ्सिर २६ गते डडेलधुरा र बझाङ तथा कञ्चनपुर र डोटीबीच खेल हुनेछ । 

मङ्सिर २७ गते कैलाली र बझाङ तथा कञ्चनपुर र बैतडी प्रतिस्पर्धा हुनेछ । मङ्सिर २८ गते सेमिफाइनलका खेल तथा मङ्सिर २९ गते फाइनल खेल हुने सङ्ले जनाएको छ । 

उक्त प्रतियोगिताबाट छनोट भएका खेलाडीले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिनुभयो । 

नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप आगामी पुस ३  गतेदेखि कैलालीको धनगढीमा हुँदै छ ।  रासस

सम्बन्धित