तपाईँ सुन्दै हुनुहुन्छः

विवाह पञ्चमीमा तीन हजार सुरक्षाकर्मी परिचालन


जनकपुरधाम । जनकपुरधाममा जारी रहेको सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवको अवसरमा हुने अत्यधिक भिडलाई दृष्टिगत गरेर सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

जनकपुरधाम नगर क्षेत्रमा मात्र १ हजार ५ सयको सङ्ख्यामा सुरक्षाकर्मी थप भएको जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहनुभएका धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभएको छ । 

यसैगरी, नेपाल भारतको सीमादेखि नगर बाहिर १ हजार ५ सयको सङ्ख्यामा थप सुरक्षाकर्मी गरेर ३ हजार सुरक्षाकर्मी थप भएको पनि उहाँले जानकारी दिनुभयो । 

विवाह पञ्चमी महामहोत्सवमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिइएको छ भने आवश्यकता अनुसार नेपाली सेनालाई पनि तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिनुभयो ।
 बाहिरबाट आउने सवारी साधनको व्यवस्थापन गर्नका लागि ७० जना ट्राफिक प्रहरी थप गरिएको उहाँले जानकारी दिनुभयो  । 

महामहोत्सवमा खास गरेर बढी भिडभाड हुने स्थानमा मोटरसाइकल प्रवेशमा रोक लगाइएको छ । यसैबीच,  प्रदेश नंं २ का जिल्लाहरूमा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button