तपाईँ सुन्दै हुनुहुन्छः

ओमिक्रोन भेरियन्ट देखिएका दुबै जना सङ्क्रमणमुक्त

काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएका दुई जना विदेशी नागरिक संक्रमणमुक्ता हुनुभएको छ । उहाँहरुको मङ्गलबार गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलका अनुसार मङ्गलबार गरिएको पीसीआर परीक्षणमा उहाँहरु दुबैको रिपोर्ट नेगेटिभ आएको हो ।
गत मङ्सिर ३ गते नेपाल आएका ६६ र ७१ वर्षीय दुई विदेशी नागरिकको जिन सिक्वन्सिङ गर्दा उनीहरूमा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।
प्रवक्ता डा. पौडेलले उनीहरू दुबैको अवस्था सामान्य रहेको र अझैपनि क्वारेन्टाइनमा बसिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button