तपाईँ सुन्दै हुनुहुन्छः

डा नेदेयून्येमालाई ‘विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थ’ पुरस्कार

लण्डन । अक्सफोर्ड विश्वविद्यालयले यसवर्षको ‘विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थ पुरस्कार’ डा निजोदी नेदेयून्येमाद्वारा लिखित नामिबियाको संविधानमा उल्लेख पानीसम्बन्धी अधिकारको व्याख्या गरिएको कृतिलाई अर्पण गरेको छ ।

सो विश्वविद्यालयले प्राध्यापक सूर्यप्रसाद सुवेदीका नाममा सो पुरस्कार स्थापना गरेको थियो । डा नेदेयून्येमाको उक्त शोधग्रन्थ यस वर्षको सो विश्वविद्यालयको कानुन सङ्कायको सर्वोत्कृष्ट शोधग्रन्थमा छनोट समेत भएको थियो । सोही विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएका प्रा सुवेदीलाई उक्त विश्वविद्यालयले सन् २०१९ मा प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गरेको थियो भने सन् २०२० मा प्रा सुवेदीका नाममा उक्त वार्षिक पुरस्कार स्थापना गरेको थियो ।

प्रा सुवेदी बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक, बेलायतका ब्यारिष्टर र क्यूसी हुनुहुन्छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभाले उहाँलाई अन्तर्राष्ट्रियस्तरमा नेपाल र नेपालीको ख्याति तथा गौरव बढाउन उल्लेख्य योगदान पु¥याएको र स्वयं पनि ख्यातिप्राप्त गरेको व्यक्ति जनाउँदै सन् २०२१ मा मानार्थ प्राज्ञमा मनोनयन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button