तपाईँ सुन्दै हुनुहुन्छः

किसानहरूलाई पचास प्रतिशत अनुदानमा गहुँको बीउ वितरण

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाले किसानहरूलाई पचास प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरेको छ ।

वर्षा याममा अविरल पानी र हावाहुरी आई किसानहरूले लगाएको धान बालीमा ठुलो नोक्सान(क्षति) भएकाले किसानलाई समयमै गहुँको खेती गर्न सहज होस् भनेर नगरपालिकाले समयमै सहुलियत दरमा गहुँको बीउ वितरण गरेको नगर प्रमुख वसन्त कुमार मिश्रले बताउनुभयो । 

नगरपालिकाले पचास प्रतिशत अनुदानमा किसानहरूलाई गहुँको बीउ वितरण गरेर ठुलो राहत भएको किसान लक्ष्मी देवी राउतको भनाइ छ ।

अहिले बजारमा ७० रुपियाँ किलो गहुँको बीउ बिक्री भइरहेको छ । किसानहरूको पिर मर्कालाई बुझी नगरपालिकाले सहुलियत दरमा १३ रुपियाँ किलो गहुँको बीउ वितरण गरेर किसानहरूलाई ठुलो सहुलियत दिएकोमा खुसी व्यक्त गर्नुहुन्छ कञ्चनरुप –८ का किसान राजकुमार राउत ।

४० केजीको बोराको ढुवानीसहित २६ सय रुपियाँमा खरिद गरी किसानहरू १३ सय रुपियाँ लिई वितरण गरिएको कृषि विकास शाखाका संयोजक बेचन सढोक यादवले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button