तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तानमा जाडो मौसमका लागि मानवीय सहायता प्रदान

अफगानिस्तानमा जाडो मौसमका लागि मानवीय सहयता प्रदान गरिएको छ । यहाँ संयुक्त राष्ट्रसंघको पहल र समन्वयमा केही समयदेखि नै यस्तो सहयता प्रदान गरिएको छ ।संयुक्त राष्ट्रसंघको मानवीय सहयतासम्बन्धी एजेन्सी ओचाका अनुसार यहाँ संयुक्त राष्ट्रसंघीय साझेदार निकायहरुले मानवीय सहयता वितरणको कार्यको समन्वय गरिरहेका छन् ।

सोही निकायको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण गरिएको छ । यसरी गरिएको सहायतामा गत हप्ता मात्र नानगाहार प्रान्तका ८१ हजार जनाले यस्तो सहयता प्राप्त गरेका हुन् । त्यसैगरी कुनार, नुरिस्तान र पाक्टिया क्षेत्रका करिब २ लाख ८४ हजार जनाले दुई हप्तायतादेखि मानवीय सहयता र विशेषगरी जाडो मौसमका लत्ताकपडा तथा खानाहरु प्राप्त गरेका छन् ।

अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघलगायत विश्वका विभिन्न दाता राष्ट्रहरुले यहाँ मानवीय सहायतासम्बन्धी सामग्रीहरु पठाइरहेका छन् ।यी सामाग्रीहरुमा विशेषगरी खाद्य सामग्री र लत्ताकपडाहरु रहेका छन् । यहाँका प्राय सबै ३४ प्रान्तकै नागरिकहरुका लागि यो सामग्री पठाइएको हो ।

संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायका अनुसार यहाँ यस्तो आवश्यकता परेका नागरिकलाई सहायता उपलब्ध गराइएको छ ।यहाँ मानवीय सहायता उपलब्ध गराउने कार्यलाई संयुक्त राष्ट्रसंघले विश्वकै सबैभन्दा ठूलो अभियानको मानवीय सहायताका रुपमा लिएको छ ।संयुक्त राष्ट्रसंघले अफगानिस्तानका प्राय सबै प्रान्तहरुमा अर्थान् देशैभरि नै नागरिकलाई यस्तो सहयोग आवश्यक रहेको जनाएको छ ।

यहाँ इरान र चीनले पनि यस्तो सामगी्र पठाएका छन् । इरान र चीनले खाद्य सामग्रीहरु अफगानिस्तानको काबुल विमानस्थलमा जहाजमार्फत् लगेका थिए । अफगानिस्तानका विद्रोही तालिबानीहरुले यहाँको सत्ता कब्जा गरेपछि अफगान नागरिकलाई खाद्यान्नलगायतका सामग्रीको खाँचो परेको बताइएको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button