तपाईँ सुन्दै हुनुहुन्छः

देशभर थप २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

File Photo

काठमाडौँ । आज देशभर २ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

६ हजार ७ सय ९७ नमुनाको पिसिआर तथा ऐन्टीजेन परिक्षण गर्दा २ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै,  आज ३ सय ९२ कोरोना संक्रमित निको भएका छन् ।  हालसम्म ९७ दशमलव ८ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयको तथ्याङ्क छ ।

संक्रमण कारण आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ४० पुगेको छ ।

आज देशभर १ लाख ३० हजार ६ सय ८८ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

No photo description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button