तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको गण्डकी प्रदेश अधिवेशनमा मतदान जारी

कास्की ।  नेपाली काँग्रेसको गण्डकी प्रदेशको अधिवेशनमा मतदान जारी छ  । पोखरा महानगपालिका– ९ नयाँ बजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा बिहानदेखि मतदान सुरु भएको हो ।

गण्डकी प्रदेको सभापतिमा शेरबहादुर देउवा पक्षका अर्जुन जोशी र रामचन्द्र पौडेल पक्षका शुक्रराज शर्माबीच प्रतिस्पर्धा भएको छ ।


देउवा पक्षको प्यानलमा उप–सभापतिमा मेखलाल श्रेष्ठ र नेत्र बहादुर महत, महामन्त्रीमा ईश्वर पाण्डे र कुमार खड्का रहनुभएको छ  ।

यस्तै, पौडेल पक्षको उप–सभापतिमा हरिप्रसाद श्रेष्ठ, कल्पना तिवारी, महामन्त्रीमा विष्णु प्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ रहनुभएको छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button