तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको प्रदेश अधिवेशन: ६ प्रदेशमा मनोनयन दर्ता सम्पन्न

काठमाडौँ । नेपाली काँग्रेसको हिजोदेखि जारी प्रदेश अधिवेशनमा आज प्रदेश नं. २ बाहेक अन्य ६ प्रदेशमा नयाँ नेतृत्वका लागि मनोनयन दर्ताको काम सम्पन्न भएको छ । 

नेपाली काँग्रेसको संशोधित विधान अनुसार पहिलो पटक गठन हुन लागेको प्रदेश समितिको नेतृत्वका लागि बागमती प्रदेश र कर्णाली प्रदेशमा ३/३ जनाको उम्मेदवारी परेको छ भने अन्य प्रदेशहरूमा २/२ जनाको उम्मेदवारी परेको छ । 

नेपाली काँग्रेस बागमती प्रदेश निर्वाचन समितिका संयोजक केशव काफ्लेका अनुसार बागमती प्रदेश सभापतिका लागि इन्द्रबहादुर बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेनदास प्रधानको उम्मेदवारी परेको छ । 

file photo

यसैगरी कर्णाली प्रदेश सभापतिका लागि ललितजङ्ग शाही, भुपेन्द्रजङ्ग शाही र मोतीराज बमको उम्मेदवारी परेको छ भने प्रदेश नं. १ गुरुराज घिमिरे र उद्धव थापा, गण्डकी प्रदेशमा शुक्रराज शर्मा र अर्जुनप्रसाद जोशी, लुम्बिनी प्रदेशमा भरतकुमार शाह र अमरसिंह पुन तथा सुदूर पश्चिम प्रदेशमा नारायण मिश्र र वीरबहादुर बलायरको उम्मेदवारी परेको नेपाली काँग्रेसले जनाएको छ ।

प्रदेश नं. २ मा भने मतदाता नामावली टुङ्गो नलागेका कारण निर्वाचनको प्रक्रिया सुरु हुन नसकेको नेपाली काँग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो । 

आज मनोनयन दर्ता भएका प्रदेशहरूमा भोलि मतदान हुने समितिका सचिव श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button