तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर विद्यालय फुटबल प्रतियोगिताको तयारी पुरा

बारा । बिहीबारदेखि सिमरामा सुरु हुने नगर स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । 

‘शिक्षासँगै खेलकुद’ भन्ने नाराका साथ आयोजन गर्न लागिएको प्रतियोगिताको सम्पुर्ण तयारी सकिएको आयोजक ग्रास रुट फाउन्डेसनले जनाएको छ ।

सिमरा रङ्गशालामा सञ्चालन हुन लागेको प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरपालिका भित्रका २४ वटा विद्यालयको सहभागिता रहने फाउन्डेसनका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिनुभयो । 

प्रतियोगिताको विजेताले २० तथा उपविजेताले १० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार दिइनेछ । 

विधागततर्फ उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, फर्वाडर, हाई स्कोरर र प्रशिक्षकलाई दुई हजार प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रत्येक खेलको म्यान अफ द म्याच घोषित हुने खेलाडीले ट्रफी पाउने छन् ।

पुस ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उद्घाटन बाहेक प्रि क्वाटर फाइनलका हरेक दिन दुई खेल हुनेछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button