तपाईँ सुन्दै हुनुहुन्छः

प्रसारण सुधार गरी व्यापार प्रवर्द्धनमा वृद्धि गर्नुपर्छ: निर्देशक केसी

धनकुटा । रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले आफ्नो कार्यक्रम उत्पादन तथा प्रसारणमा सुधार गरी व्यापार प्रवर्द्धनमा वृद्धि गर्नुपर्ने बताउनुभएको छ । 

रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय, धनकुटामा निरीक्षण भ्रमण पश्चात् कर्मचारीहरू सँगको छलफलमा कार्यकारी निर्देशक केसीले सोलुखुम्बुको पत्तालेमा हालै जडान गरिएको एफ एम रिले केन्द्रमा प्रादेशिक प्रसारणको कार्यक्रम जोडिने बताउनुभयो । 

त्यस अवसरमा रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र, धनकुटाका प्रमुख तिलकराम चौधरीले कार्यालयसँग सम्बन्धित जानकारी कार्यकारी निर्देशक केसीलाई गराउनुभएको थियो भने अन्य कर्मचारीहरूले संस्थागत सुधारका लागि आ–आफ्नो विचार राख्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button