तपाईँ सुन्दै हुनुहुन्छः

खेलाडीहरूलाई ओलम्पिकका लागि योग्य बनाइने : मन्त्री गहतराज

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नेपाली खेलाडीहरूलाई ओलम्पिकका लागि योग्य बनाउने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।

हिजोको मन्त्री स्तरीय निर्णयबाट राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा नियुक्त सदस्यहरूलाई आज मन्त्रालयमा पद तथा गोपनीयताको शपथ गराउनुहुँदै  मन्त्री गहतराजले खेल क्षेत्रलाई निरन्तर चलायमान बनाएर  खेलाडीलाई ओलम्पिकका लागि योग्य बनाउने काममा लाग्न नवनियुक्त सदस्यहरूलाई निर्देशन दिनुभयो ।

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले विगतमा भएका कमीकमजोरी सुधार गर्दै राखेप र मन्त्रालयबीच आपसी समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

हिजोको मन्त्री स्तरीय निर्णयबाट आठ जना लाई राखेपको सदस्य नियुक्त गरिएको  थियो  ।

नवनियुक्त सदस्यहरूमा  मोहम्मद फाजिल(काठमाडौँ), लामापेमा डोल्मा (मकवानपुर),जनकप्रसाद बर्तौला ( मकवानपुर), दीपेन्द्र विष्ट (बर्दिया ), प्रकाश कुमार कुसारी (रुकुम), बिना नवाछे श्रेष्ठ (भक्तपुर), अन्जन धमला(गोर्खा), श्रीमान थापामगर(बाँके) रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button