तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङ-काठमाडौँ जनसम्पर्क समन्वय समितिको अध्यक्षमा चन्द्र थापामगर

काठमाडौँ । ताप्लेजुङ-काठमाडौँ जनसम्पर्क समन्वय समितिको आठौँ जिल्ला अधिवेशनले चन्द्र थापामगरको अध्यक्षतामा ५५ सदस्यीय जिल्ला समिति निर्वाचन गरेको छ ।

आज काठमाडौँको धुम्बाराहीस्थित स्काई जोन पार्टी प्यालेसमा मिङ्मा डन्डु लामाको अध्यक्षता र नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा सम्पर्क समन्वय विशेष समितिका इन्चार्ज डिलाराम आचार्यको प्रमुख आतिथ्यतामा भएको आठौँ जिल्ला सम्मेलनले थापामगरको अध्यक्षतामा ५५ सदस्यीय जिल्ला समिति चयन गरेको उपाध्यक्ष जीवन बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै उपाध्यक्षमा धनजित लिम्बु, जीवन बस्नेत र दावा छिरिङ चयन हुनुभएको छ भने सचिवमा निरोज लिवाङ, सहसचिवमा बिकेश लिम्बु र कोषाध्यक्षमा निला लिम्बु निर्वाचित भएको बस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रममा सम्पर्क समन्वय विशेष प्रदेश समितिका सचिव शिव बहादुर बस्नेत, पर्सु कार्की, नन्दु वनेम, मलिषा याक्सो, राजकुमार याक्सो, मदन लिम्बु, थाइन्द्र आङबुहाङलगायत नेताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button