तपाईँ सुन्दै हुनुहुन्छः

‘रामायण सर्किटको विकासमा तीव्रता जरुरी’

जनकपुरधाम । प्रदेश नंं २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपाल भारत बिचको सम्बन्धलाई अझ मजबुत बनाउनका लागि विकाससँग जोड्न आग्रह गर्नुभएको छ । 

जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा मिथिला अनुसन्धान सांस्कृतिक संरक्षण परिषद् जनकपुरधामको संयोजनमा भएको रामायण सर्किट तथा मिथिला अवध सम्बन्धका बारेमा आयोजना गरिएको कार्यक्रममा प्रदेश प्रमुख मिश्रले जनकपुरधाम र अयोध्या बिचको प्रगाढ सम्बन्धलाई थप मजबुत बनाउन सडक, रेल तथा हवाई मार्गबाट जोडेर पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिन आवश्यक भएको बताउनुभयो । 

प्रदेश प्रमुख मिश्रले दुवै देशका सरकारले रामायण सर्किटको विकासका लागि थप सहकार्य गरेर कामकाज गर्न आवश्यक भएको बताउनुभयो । 

नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली सुवासनी अरुणालिकाले नेपाल, भारत र श्रीलङ्कालाई जोडेर रामायण सर्किटको विकास गर्ने धेरै आधारहरू श्रीलङ्कामा रहेको बताउँदै ती ठाउँहरूको संरक्षण गर्ने काम श्रीलङ्का सरकारले गरेको बताउनुभयो । 

अयोध्यामा राम मन्दिर निर्माणमा सक्रिय रहनुभएका राजेन्द्र सिंह पङ्कजले नेपाल भारत बिचको सम्बन्धलाई थप प्रगाढ बनाउनमा रामायण सर्किटले योगदान गर्ने बताउनुभयो । 

विश्व हिन्दु परिषद् भारतका केन्द्रीय उपाध्यक्ष जिवेश्वर मिश्रले धर्म संस्कृतिको रक्षा विना कुनै पनि देशको विकास सम्भव नहुने बताउँदै रामायण सर्किटको विकासका लागि भारत सरकारले काम गरिरहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button