तपाईँ सुन्दै हुनुहुन्छः

छठ पर्व झल्कने सिक्का मुद्रणको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र

बीरगंज । नेपाली काङ्ग्रेस पर्साले पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्री जनार्दन शर्मालाई छठ पर्व झल्कने सिक्का मुद्रण गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । 

नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी एवं सचिव श्याम पटेलको नेतृत्वमा गएको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई बुझाएको ज्ञापन पत्रमा नेपालीहरूको प्रमुख चाडबाडलाई लक्षित गर्दै नेपाल राष्ट्र बैङ्कले सिक्काहरू प्रकाशन गर्दै आएको तथा निष्ठा र श्रद्धापूर्वक मनाइने छठ पर्वको महत्त्वलाई सार्थकता प्रदान गर्न छठ पर्वको सिक्का प्रकाशन तथा मुद्रण गर्न माग गरिएको छ ।

त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी ढकालले माग सकारात्मक रहेको र ज्ञापन पत्र आजै अर्थमन्त्री कहाँ पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button