तपाईँ सुन्दै हुनुहुन्छः

साँफेबगर विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान शुरु

अछाम । नेपाल एयरलाइन्सको हवाईजहाजले पहिलो पटक धनगढीबाट अछामको साँफेबगर विमानस्थलमामा उडान भरेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उडान भर्नको लागि निर्देशन आएपछि उडान भरेको हो ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले धनगढीबाट अछामको साँफेबगरको लागि मङ्गलवारदेखि उडान भरेको जानकारी दिनुभयो । धनगढीबाट अछामको साँफेबगर हप्ताको २ दिन उडान भर्ने तयारी रहेको महाप्रबन्धक पौडेलले बताउनु भयो । 

नेपाल एयरलाइन्सले यस अघि हप्ताको २ दिन नेपालगन्ज देखि साँफेबगर उडान भर्दै आएको थियो ।

नेपालमा कोरोना महामारीका कारण गरिएको लकडाउनले गर्दा उडान बन्द गरेको थियो । लकडाउन खुले पनि पछि जहाज नभएको भन्दै उडान कटौती गरेको थियो । 

हालै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको सक्रियतामा सुदूरपश्चिमका बझाङ र डोटी जिल्लामा पनि धनगढीबाट उडान शुरु गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button