तपाईँ सुन्दै हुनुहुन्छः

अदालतलाई विवादको थलो बन्न नदिऊ : अध्यक्ष ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतलाई विवादको थलो बनाउन नहुने बताउनुभएको छ । 

देशभरका ७ सय ५३ वटै पालिकामा भएको अधिवेशनलाई भर्चुअल सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले न्यायालयलाई राजनीतिक गर्ने थलो नबनाई जनताको विश्वास बढाउने गरी काम गर्नुपर्ने बताउनुभयो । 

अध्यक्ष ओलीले संविधानको रक्षा गर्नु नै अहिलेको सर्वाधिक महत्त्वको विषय भएको पनि बताउनुभयो । 

अध्यक्ष ओलीले नेकपा एमाले देशका निम्ति काम गर्न सङ्गठित भएको उल्लेख गर्दै पार्टीभित्र नेता कार्यकर्ताले व्यक्तिको स्वार्थ केन्द्रित नभई पार्टीको हितमा काम गर्न निर्देशन दिनुभयो । 

यसअघि कात्तिक ६ गते देशभर नेकपा एमालेले एकै दिन वडा स्तरीय अधिवेशन सम्पन्न गरिसकेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button