तपाईँ सुन्दै हुनुहुन्छः

इन्द्रावतीमा आज शोक बिदा

सिन्धुपाल्चोक । जिल्लाको इन्द्रावती गाउँपालिकामा आज बिदा दिइएको छ । गाउँपालिका उपाध्यक्ष मिरा अधिकारी लामाको निधनको शोकमा गाउँपालिकाले आइतबार एक दिन शोक बिदा दिएको हो ।

आज गाउँपालिका कार्यालय, वडा कार्यालयहरू स्वास्थ्य संस्था, विद्यालय तथा वित्तीय संस्थाहरू बन्द रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलद्वारा जारी सूचनामा जनाएको छ ।

क्यान्सर रोगबाट पीडित मिरा अधिकारी लामाको उपचारका क्रममा ५१ वर्षको उमेरमा टिचिङ अस्पताल काठमाडौंमा शनिबार निधन भएको थियो । नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाकी धर्मपत्नी मिराको निधनप्रति गाउँपालिका महासङ्घ, नेपाली काँग्रेस सिन्धुपाल्चोक लगायत विभिन्न पालिका तथा सङ्घ संस्थाले दुख व्यक्त गरेका छन् । उहाँको अन्त्येष्टि बौद्ध परम्परा अनुसार आज गरिने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button