तपाईँ सुन्दै हुनुहुन्छः

वर्षाबाट प्रभावित बनेका जनताको उद्धार गर्न अध्यक्ष ओलीको आग्रह

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर भएको अविरल वर्षाबाट प्रभावित बनेका जनताको उद्धार गर्न कार्यकर्ता तथा जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ । 

राजधानीमा आयोजित एमालेको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले बाढी, पहिरो तथा डुबानमा परेका जनताको उद्धार गर्न देशभरका आफ्ना कार्यकर्ता तथा जनप्रतिनिधिलाई आग्रह गर्नुभएको हो । 

अध्यक्ष ओलीले नेकपा एमाले बिचार, उद्देश्य र गन्तव्य बोकेको पार्टी भएकाले योजनाबद्ध काम गरेर विकासमा अगाडि बढ्ने बताउनुभयो । 

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले आफूले चाहेमा एक हप्ताभित्र अहिलेको सरकार ढाल्न सक्ने बताउनुभयो । 

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमालेको मुख्य प्रतिस्पर्धी भए पनि आगामी चुनावमा सजिलै आफूहरूले विजय हासिल गर्ने समेत बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button