तपाईँ सुन्दै हुनुहुन्छः

मुगु र मुस्ताङमा कोरोनाका शून्य संक्रमित

काठमाडौँ । नेपालका मुगु र मुस्ताङमा कोरोनाका सक्रिय संक्रमित शून्य रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

काठमाडौँ उपत्यका र कास्की जिल्ला गरी ४ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । 

आज देशभर ६ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ९ लाख ७ सय ४८ जना रहेको मन्त्रालयले जनाएको छ । 

गएको २४ घण्टामा ७ सय ५८ जना सङ्क्रमणबाट मुक्त भएका छन् । 

यसैगरी काठमाडौँ उपत्यकामा २ सय ५३ जनामा थप संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा १ सय ९५, भक्तपुर २३ र ललितपुरमा ३५ गरी २ सय ५३ मा संक्रमण पुष्टि भएको प्रवक्ता डा. पौडेलले जानकारी दिनुभयो । 

आज १३ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यो सँगै हाससम्म ११ हजार ३ सय १८ जनाको सङ्क्रमणबाट मृत्यु भएको हो । 

आज देशैभर कोरोनाका ११ हजार ५ सय ७९ जना सक्रिय संक्रमित रहेका छन् । जसमा २ सय ७६ आइसियु र १ सय ४ जनाले भेन्टिलेटरमा उपचार गरिरहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button