तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर १ को मृत्यु, ३ घाइते

बैतडी । बैतडीको डिलाशैनीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका ५ खालीबाटा बस्ने  २७ वर्षीय महेश लुहार रहेका छन् । घाइते हुनेहरूमा मृतकका दाजु अम्बे लुहार, भिनाजु डिलाशैनी ३ बस्ने हरी चन्द्र कोली र शैल्यसिखर दार्चुलाका दिपक महर रहेका छन् । 

हिजो साँझ ६ बजे डिलाशैनी ७ स्वाखानी बाट भैँसी ल्याउँदै गरेको बेला चट्याङ लागेर लुहारको मृत्यु भएको स्थानीय मनिराम भुलले बताउनुभयो । चट्याङ लागेर ७० हजार रकममा किनेर ल्याएको भैँसी समेत मरेको छ । भैँसीको पाडो भने जिउँदै छ ।

घटनाका विषयमा प्रहरीलाई खबर गरेपछि गाकुलेश्वर प्रहरी चौकीको टोली घटनास्थल जाने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button