तपाईँ सुन्दै हुनुहुन्छः

काबुलको मस्जिद बाहिर विष्फोट केहीको मृत्यु, थुप्रै घाइते

अफगानिस्तानको राजधानी काबुलको एउटा ठूलो मस्जिद बाहिर आइतबार भीडको बीचमा भएको विष्फोटमा कैयौँ नागरिक मारिए वा घाइतेमात्र भएका छन् यकिन हुन नसकेको तालिबान प्रवक्ताले  बताएका छन् ।

“आज दिउँसो ईदगाह ग्रेट मस्जिदको गेट नजिकै भएको विष्फोटनमा आम नागरिकको मृत्यु भएको छ, जुन दुर्भाग्यपूर्ण छ,” तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाले ट्विटरमा लेखेका छन् ।

“हामीले ईदगाह ग्रेट मस्जिद बाहिर स्थानीय समयअनुसार दिउँसो ३ः३० बजे ठूलो विष्फोटको आवाज सुनेका थियौँ । अहिले यो ठाँउ पूरै सिल गरिएको छ,” एक प्रत्यक्षदर्शीले सिन्ह्वालाई बताए ।

उनका अनुसार तालिबान नेताको मृत परिवारको सदस्यका लागि प्रार्थना समारोह चलिरहेको बेला उक्त विष्फोट भएको थियो । अहिले तालिबान सुरक्षा बलले सतर्कता अपनाउनका लागि उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ ।

घाइतेहरूलाई एम्बुलेन्स र अन्य सवारी साधनबाट नजिकैको अस्पतालमा पु¥याइएको छ ।

अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी भने लिएको छैन ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button