२०७८ साल कार्तिक ७ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु

नवीन गिरी २०७८ असोज ४ गते १२:४७

नेपालगन्ज। बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत खजुरा गाउँपालिका वडा नम्बर ४ बाँकेकी ७५ वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका ७ दाङका ८२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।

यो सँगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय ३२ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय १४ जनाको मृत्यु भएको छ ।

सम्बन्धित