तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल फिलिपिन्ससँग २–१ ले पराजित

काठमाडौं । नेपाल एएफसीसी वुमेन्स एसिया कप छनोट खेलमा फिलिपिन्ससँग २–१ ले पराजित भएको छ । 

उज्वेकिस्तानको जेएआर स्टेडियममा शनिबार भएको खेलमा पहिलो हाफमा नै  एक गोलको अग्रता लिएको नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध सुरुवाती अग्रता जोगाउन नसक्दा हार बेहोर्नु परेको हो । 

खेलको १० औँ मिनेटमा विमला चौधरीले हेड मार्फत उत्कृष्ट गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी विमला खेलको ३९ औँ मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिनु पर्‍यो ।

विमलाको यो नेपालका लागि पहिलो गोल हो । 

खेलको अन्त्यतिर फिलिपिन्सले दुई गोल प्रहार गर्‍यो । जसमा फिलिपिन्सले खेलको ९० औँ मिनेटमा बराबरी गोल गर्‍यो भने इन्ज्युरी समयमा गरेको गोल निर्णायक गोल बन्न पुग्यो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button