तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीलाई थप प्रचारमा ल्याउने यस्ता छन् मुख्यमन्त्रीका योजना

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशभित्रै रहेको लुम्बिनी क्षेत्र र गौतम बुद्धकालीन स्थलहरू विश्वकै ऐतिहासिक सांस्कृतिक सम्पत्ति रहेकोले प्रदेश सरकारले गौरवको आयोजनामा राखेर लुम्बिनी क्षेत्रको विकासका लागि प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभयो ।

उहाँले नेपाललाई चिनाउनको लागि लुम्बिनी एउटा महत्त्वपूर्ण सम्पत्ति भएको बताउँदै प्रदेशको नामकरण नै लुम्बिनीबाट राखेको प्रदेशकोको पहिचान बोकेको बताउनुभयो । 

उहाँले लुम्बिनी एउटा विश्वमा चिनाउनको लागि अगाडि बढेको बताउनुभयो ।     

लुम्बिनी विकास कोषले शनिबार लुम्बिनीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्रीले केसीले लुम्बिनी प्रदेश सरकारले लुम्बिनीलाई प्रदेशकै सांस्कृतिक शहर निर्माण गर्ने, बुटवललाई औद्योगिक क्षेत्र बनाउने र प्रदेशका आम नागरिकलाई पायक पर्ने राप्ती उपत्यकामा प्रदेशको राजधानी निर्माण गरेको बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारले लुम्बिनी क्षेत्रमा एउटा सुविधायुक्त बर्थिङ सेन्टर, विश्वले देख्न सक्ने अशोक स्तम्भ निर्माण गर्ने, बुद्धका जन्मेदेखि मृत्यु सम्मको सम्झना झल्किने गरी बुद्ध पार्क निर्माण गर्नुपर्ने बताउनुभयो ।  

उहाँले लुम्बिनी क्षेत्रलाई विकासका लागि साझा दायित्वको रुपमा अगाडि बढाउनको लागि मुख्य एवं एकीकृत गुरुयोजनामा निर्माण गरी नै अगाडि बढाउनको लागि नै सबैलाई अनुरोध गर्नुभयो ।

प्राकृतिक हिसाबले यसको ऐतिहासिक बनाउनको लागि लुम्बिनी क्षेत्र भित्रकै विकासका लागि विशाल खेलकुद मैदान निर्माण, ग्लोबल पिस पार्क बनाउनको लागि नै प्रदेशकै ऐतिहासिक बनाउनको लागि अनुरोध गर्नुभयो ।  

उहाँले  लुम्बिनी क्षेत्रमा पर्यटक आकर्षक गर्नका लागि लुम्बिनी क्षेत्रमा रहेको सांस्कृतिक एवं ऐतिहासिक सम्पातिलाई संरक्षण गर्दै आधुनिक सूचना प्रविधिलाई जोड्नका लागि अनुरोध गर्नुभयो ।

उहाँले लुम्बिनी क्षेत्रमा गौतम बुद्ध, मायादेवी लगायतको बारेमा डिजिटल बोर्ड निर्माण गरी सूचनालाई प्रविधिबाट सबै पर्यटकलाई जानकारी गराउनका लागि निर्देशन दिनुभयो ।   

लुम्बिनी क्षेत्रको उत्तरमा मुख्यमन्त्री कुलप्रसाद केसीले अम्रपाली आँपको बिरुवा रोपेर वृक्षारोपण कार्यक्रमको पनि सुरु गर्नुभएको थियो । साथै लुम्बिनी क्षेत्रको भ्रमण समेत गर्नुभएको थियो ।

यस्तै अन्तरक्रिया कार्यक्रममा पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले लुम्बिनी क्षेत्र विश्व सम्पदामा रहेको शान्तिका उर्वर भूमि भएको बताउँदै विकास गर्नुपर्ने बताउनुभयो । 

उहाँले लुम्बिनी प्रदेश सरकारबाट सहयोग गर्नका लागि तयार रहेको बताउनुभयो । उहाँसँगै विकासका लागि हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो ।

लुम्बिनी क्षेत्र कपिलवस्तु, देवदह, रामग्रा, नवलपरासी रहेको छ । २०४२ सालमा लुम्बिनी विकास समिति गठन गठन भएको थियो । 

लुम्बिनी गुरु योजना  १९७८ मा निर्माण गरिएको छ । लुम्बिनी विकास कोषका लागि सरकारले धेरै सहयोग गरेको थियो । लुम्बिनी क्षेत्र ११५५ विगाहमा फैलिएको छ । 

लुम्बिनी विकास कोषबाट हालसम्म विभिन्न क्षेत्रमा करिब ५ अर्ब ५० करोड रकम खर्च गरी सकेको लुम्बिनी विकास कोषले बताएको छ ।

साथै लुम्बिनी विकास कोषबाट करिब ५ हजार क्षमता भएको अन्तर्राष्ट्रिय सभा हल निर्माण गरिएको छ । लुम्बिनी क्षेत्रमा १५७ वटा सीसी क्यामराबाट सुरक्षा गरिएको छ । 

लुम्बिनी विकास कोषबाट पर्यटकलाई सहज रुपमा भ्रमण गराउनको लागि यातायात सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

लुम्बिनी विकास क्षेत्र कोषबाटै करिब ३ सय शय्याको अस्पताल निर्माण गर्ने बताउनुभयो । 

लुम्बिनी क्षेत्र भित्रको कपिलवस्तुको तिलौराकोटमा विश्व सम्पदामा राख्नका लागि अन्तिम तयारी भएको छ । 

लुम्बिनी क्षेत्रमा उत्खनन कार्य गरिएको भए पनि त्यसलाई प्रचार प्रसारमा अझै जोड दिनुपर्ने उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button