तपाईँ सुन्दै हुनुहुन्छः

कुखुराको मासुको मूल्य घटेपछि किसान चिन्तित

सिन्धुपाल्चोक । पछिल्लो समय नेपाली बजारमा कुखुराको मासुको मूल्य घट्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् ।

उत्पादन बढ्दै जान थालेपछि कुखुराको मासुको मूल्य घट्न थालेको हो ।

दानाको मूल्य आकासिएको तर कुखुरा बिक्री हुन नसकेको कुखुरा पालक किसान बताउँछन् ।

दानाको मूल्य बढ्दा कुखुरा पालक किसान मारमा परेका हेलम्बु २ का  किसान अमर गिरी बताउनुहुन्छ ।  आफूले पालेको कुखुराबाट लगानी उठ्नै गाह«ो भएको उहाँको भनाई छ । 

असार, साउनमा वर्षाका कारण आएको बाढी पहिरोका कारण घाटा भएको अहिले सडक सुचारु भएपछि भाउ घटेकोले किसान अफ्ठेरोमा परेको बताउँछन् ।

यसले ह्याचरी, फिड्स र कोल्ड स्टोर गाडीमा र कुखुरा पाल्ने किसान खाडी जाने स्थिति सिर्जना भएको मेलम्चीका व्यवसायी गङ्गाबहादुर दनुवार बताउनुहुन्छ ।

असार, साउनमा वर्षाका कारण आएको बाढी पहिरोका कारण कुखुरा पाल्ने किसान घटेको समयमा कुखुराको मासुको मूल्य बढेको थियो । तर अहिले किसानले कुखुरा पाल्न थालेका छन् ।

कुखुराको उत्पादन बढ्न थालेपछि कुखुराको मासुको मूल्य पनि घटेको कुखुरा बिक्री व्यवसायी सङ्घले जनाएको छ । 

जिउँदो कुखुराको मूल्य प्रतिकिलो २२० रुपैयाँ पाउन थालिएको छ । 

कुखुराको भाउ घटने तर दानाको भाउ निरन्तर बढेकाले किसान यस पेसाबाट हात झिक्ने अवस्था रहेको बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button