तपाईँ सुन्दै हुनुहुन्छः

पाँच महिना देखि बन्द पाथीभरा आज देखि दर्शनका लागि खुल्ला

ताप्लेजुङ । कोभिड–१९ का कारण पाँच महिना देखि बन्द ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा आज देखि भक्तजनका लागि खुलेको छ ।

जनस्वास्थ्यको मापदण्ड पालना गर्दै पाँच महिना देखि बन्द मन्दिर दर्शनका लागि खुल्ला भएको हो । बन्द खुले सँगै आज ८० देखि ९० जना तीर्थयात्रीले दर्शन गरेको प्रहरीले जनाएको छ ।  

कोभिडको प्रभाव जिल्लामा  न्यून हुँदै गएको र दर्शनको सिर्जन सुरु भएकोले खुल्ला गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । कोभिडको जोखिम न्यून भए पनि पूर्णरुपमा नहटेकाले अवस्थामा पाथीभरा आउने तीर्थयात्रीहरूलाई सरकारले लागू गरेका स्वास्थ्यका मापदण्डलाई पूर्णरुपले पालना गर्न आग्रह गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्ले जानकारी दिनुभयो । 

ताप्लेजुङमा पछिल्लो समय कोरोना सङ्क्रमणको दर न्यून हुँदै गएको छ । सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या साढे ३ प्रतिशतमा झरेको छ । जिल्ला प्रशासन कार्यालयले ताप्लेजुङका अनुसार ८७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । सङ्क्रमणको अवस्था सामान्य हुँदै गएपछि प्रशासनले चार महिनादेखिको निषेधाज्ञा समेत हटाइएको छ । 

विगत वर्षहरूमा पाथीभरामा असोज लागेसँगै तीर्थयात्रीको घुइँचो लाग्ने गरेको थियो । पाथीभरा आउने तीर्थयात्रीलाई दर्शनमा सहजता पुर्‍याउन समितिका कर्मचारी र प्रहरी तयारीमा रहेको अस्थायी प्रहरी चौकी माथिल्लो फेदीका इन्चार्ज निरकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button