तपाईँ सुन्दै हुनुहुन्छः

असोज १ गतेदेखि पोखराका विद्यालयहरू खुल्ने

पोखरा । पोखरा महानगरपालिका नगर शिक्षा समितिले असोज १ गतेदेखि नियमित रुपमा विद्यालय सञ्चालन गर्न सूचना नै जारी गरेको छ । महानगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरू, पूर्वप्राथमिक विद्यालयहरू, कोचिङ तथा ट्युसन सेन्टर र भाषा प्रशिक्षण केन्द्र लगायतका संस्थाहरू अब पूर्णरुपमा सञ्चालन हुन लागेका छन् । 

नगर शिक्षा समितिले स्वास्थ्य सम्बन्धी मापदण्ड, विद्यालय सञ्चालन कार्यढाँचामा आधारित रहेर कार्ययोजना बनाई विद्यालय व्यवस्थापन समितिबाट अनुमोदन गरी एक प्रति शिक्षा महाशाखामा अनिवार्य रुपमा पेश गरी विद्यालय सञ्चालन गर्नुपर्ने जारी सूचनामा जनाइएको छ । 

विद्यालय सञ्चालन गर्नु पूर्व विद्यालयका कक्षाकोठा, फर्निचर, शौचालय, यातायातका साधन तथा विद्यालय प्राङ्गणलाई पूर्णरुपमा निर्मलीकरण गर्नुपर्ने, विद्यालयको भौतिक अवस्था, विद्यार्थी सङ्ख्याको आधारमा विद्यार्थीलाई एकै सिफ्ट वा फरक–फरक सिफ्ट बनाई कक्षा सञ्चालन गर्न सकिने, भौतिक दुरी कायम गर्दा सबै कक्षा कोठा एउटै समयमा सञ्चालन गर्न सम्भव नभएमा फरक दिनमा फरक कक्षामा विद्यार्थीहरूलाई अध्यापन गर्न सकिने जनाइएको छ ।

त्यस्तै विद्यार्थीलाई अनिवार्य रुपमा मास्कको प्रयोग, साबुन पानीले हात धुने व्यवस्था र कक्षाकोठा बाहिर सेनिटाईजर उपलब्धता अनिवार्य गराउने, तर प्रार्थना, खेलकुद लगायत अन्य भिडभाड हुने अतिरिक्त क्रियाकलाप सम्बन्धी कार्यक्रम सञ्चालन नगर्न सूचनामा भनिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button