तपाईँ सुन्दै हुनुहुन्छः

कृषि प्राविधिकहरूका लागि पकेट, ब्लक विकास कार्यान्वयन सम्बन्धी अभिमुखीकरण

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई मोरङले स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरूका लागि पकेट, ब्लक विकास कार्यान्वयन सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न गरेको छ ।

विराटनगरमा आज आयोजित सो कार्यक्रममा जिल्लाका १७ वटै स्थानीय तहका कृषि प्राविधिकहरूको सहभागिता थियो । 

कार्यक्रममा परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुख विनोदकुमार मण्डलले परियोजनाले सञ्चालन गरिरहेको पकेट तथा ब्लक कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले स्थानीय तहमा सञ्चालित पकेट तथा ब्लक कार्यक्रममा भइरहेका प्रगति र मुल्याकङ्नको बारेमा विवरण पठाउन आग्रह गर्नुभयो । 

प्रदेश न १ भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका योजना महाशाखा प्रमुख पशुपति पोखरेलले परियोजनाबाट सञ्चालित कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागीहरूले सुझाव र सल्लाह दिँदै सञ्चालित पकेट र ब्लक क्षेत्रको अनुगमन आवश्यक रहेकोमा जोड दिनुभएको थियो 

जिल्लाका  विभिन्न पालिकाहरूमा विगत पाँच वर्षदेखि परियोजनाले  तरकारी, च्याउ, मौरी पालन तथा पशुपालन लगायत विभिन्न बाली तथा वस्तुहरूलाई लक्षित गर्दै पकेट र ब्लक सञ्चालन गर्दै आएको छ  ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button