तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । 

जिल्लाको कृष्णपुर नगरपालिकामा से ३ प ५४१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् । 

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार मोटरसाइकल चालक कृष्णपुर नगरपालिका वडा नम्बर २ का गोपी चौधरी र मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटाका तीर्थबहादुर साउद घाइते भएका हुन् । 

उनीहरूको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक बोहराले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button