तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्य महत्त्वपूर्ण : अर्थमन्त्री

काठमाडौँ ।  अर्थमन्त्री जनार्दन शर्माले आर्थिक क्षेत्रको समस्या समाधान गर्न सरोकारवाला सबैसँग हातेमालो गरी सरकार अगाडि बढ्ने बताउनुभएको छ । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले प्रकाशित गरेको आर्थिक पत्रकारिता हाते पुस्तकको आज काठमाडौँमा विमोचन गर्दै अर्थमन्त्री शर्माले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्य महत्त्वपूर्ण रहेको बताउनुभयो ।

No description available.

 कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाज सेजनका संस्थापक  अध्यक्ष प्रतीक प्रधान, प्राध्यापक चिरञ्जीवी खनाल, विश्व बैङ्कका प्रतिनिधि फारिस हदाद लगायतका वक्ताले नेपालको आर्थिक पत्रकारिताको क्षेत्रमा प्रकाशित पुस्तक कोशेढुंगा साबित हुने बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button