तपाईँ सुन्दै हुनुहुन्छः

विभिन्न स्थानबाट लागू औषधसहित ३ जना पक्राउ

झापा । झापाको विभिन्न स्थानबाट लागू औषधसहित ३ जना पक्राउ परेका छन् । 


गौरीगञ्ज गाउँपालिका–६ जनता चौकबाट इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले गौरादह नगरपालिका–१ का २० वर्षीय सुरेश ताजपुरियालाई लागू औषध ट्रामाजेक १५० क्याप्सुल, नाईट्रोभेट २६ क्याप्सुल र कोरेक्स १ बोतलसहित पक्राउ गरेको हो ।


त्यसैगरी, आज नै मेचीनगर नगरपालिका–२ स्थित भृकुटी चौकमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउँदै गरेको डब्ल्यु बी ७४ आर ६५०४ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्दा उक्त मोटरसाइकलको भाईजरमा लुकाई छिपाई ल्याउँदै गरेको लागू औषध ब्राउन सुगर १ ग्राम फेला पारेको छ ।


मोटर साइकलमा सवार मेचीनगर नगरपालिका–१ का २१ वर्षीय सुलन देवान र पछाडि सवार सोही स्थानका २० वर्षीय मिङमा तामाङलाई पक्राउ गरिएको छ । पक्राउ परेका तीनै जना उपर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button