तपाईँ सुन्दै हुनुहुन्छः

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ ।नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्दैछ । बैठक अपराह्न तीन बजे बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

आजको बैठकमा पार्टी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्ताव बमोजिम बैठकमा विभिन्न आयोगहरु गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे छलफल हुने तामाङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button