२०७८ साल असोज ४ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

रेडियो नेपाल २०७८ साउन १८ गते १०:३७

काठमाडौं।सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ।
त्यसका लागि आज अपरान्ह ३ बजे पार्टी कार्यालय पेरिशडाँडामा स्थायी कमिटी बैठक बस्नेछ।

पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा आज बैठक केन्द्रित रहनेछ। आइतबार पनि माओवादीको स्थायी कमिटी बैठक बसेको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट यसअघि नै अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल सहभागी छन्।

सम्बन्धित