तपाईँ सुन्दै हुनुहुन्छः

ओखलढुङ्गामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु

ओखलढुङ्गा ।  ओखलढुङ्गामा कोरोना सङ्क्रमणबाट थप दुई जना पुरुषको मृत्यु भएको छ । 

सिद्धिचरण नगरपालिका १२ र ११ का ६९ वर्षीय र ७० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

सिद्धिचरण नगरपालिका ११ का पुरुषको गए राति ११ बजेर ४५ मिनेटमा उपचारका क्रममा ओखलढुङ्गा सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । 

कोरोना संक्रमण देखिएपछि गएको साउन ९ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । 

यस्तै सिद्धिचरण नगरपालिका १२ का एक पुरुषको आज बिहान ६ बजेर १५ मिनेट जाँदा मृत्यु भएको छ । 

उनी गत साउन १४ गते कोरोना संक्रमित भएर ओखलढुङ्गा सामुदायिक अस्पतालमा भर्ना भएका थिए । 

उनको अस्पतालमा उपचारका क्रममा  नै मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

ओखढुंगामा कोरोना संक्रमण भएर मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button