तपाईँ सुन्दै हुनुहुन्छः

कायम मुकायम प्रधान सेनापतिमा शर्मा

काठमाडौँ । नेपाली सेनाको कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी प्रभुराम शर्मालाई दिइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि मिति २०७८/५/२४ गतेबाट समाप्त हुने भई अनिवार्य अवकाश पाउने भएको हुँदा उहाँ २०७८/४/२५ गतेबाट घर बिदामा बस्नु हुने भएकोले हाल ज्येष्ठता क्रममा रहेका बलाधिकृत रथी श्री प्रभुराम शर्मालाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मिति २०७८/४/२६ गतेदेखि लागू हुने गरी नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति तोक्नु भएको  राष्ट्रपति कार्यालयद्वारा विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button