तपाईँ सुन्दै हुनुहुन्छः

जसपा संसदीय दलको नेता यादव चयन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । 

सो पार्टीले नेता नवराज सुवेदीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिका अनुसार पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका यादव सर्वसम्मति रुपमा दलको नेता छानिनुभएको हो ।

नेता यादवलाई संसदीय दलको नेतामा चयन गरियोस् भन्ने प्रस्तावको समर्थकमा डा बाबुराम भट्टराई र प्रस्तावकमा महेन्द्र राय यादव हुनुहुन्थ्यो ।

सो दलको आज बसेको संसदीय दलको बैठकमा प्रतिनिधिसभाका २० र राष्ट्रियसभाका दुई सांसद उपस्थित हुनुहुन्थ्यो । 

निर्वाचन आयोगले यादवले नेतृत्व गर्नुभएको जसपालाई आधिकारिता प्रदान गरिसकेको छ । आयोगले आधिकारिता प्रदान गरेपछि जसपा संसदीय दलको बैठक बसेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button