तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषध खैरो हिरोइनसहित ३ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले लागु औषध खैरो हिरोइन सहित ३ जनालाई पक्राउ गरेको छ । 


शुक्रवार दिउँसोको समयमा लागु औषध खैरो हिरोइनको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा तालुक लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय, महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले १ जना भारतीय र २ जना नेपाली गरी ३ जनालाई पक्राउ गरेको हो । 


कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १ तिलकपुर बस्ने ४२ वर्षीय रमेश दमाई, सोही ठाउँ बस्ने ३७ वर्षीय तपेन्द्र स्वाँर र भारतको उत्तर प्रदेश बरेली स्थित अदकटा सत्बानी बेगाउँ थाना न्वावाबगञ्ज बस्ने २८ वर्षीय मोहम्मद आरिफलाई वेदकोट नगरपालिका वडा नम्बर ३ स्थित शङ्कर इँटा भट्टा नजिकबाट पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । 


उनीहरूको साथबाट १९.९७ ग्राम लागु औषध (खैरो हिरोइन) सहित लागु औषध तौल गर्न प्रयोग गरिने डिजिटल तराजु, २ थान मोटरसाइकल, २ थान मोबाइल सेट र रु ३ हजार ८ सय १५ नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि कानुन बमोजिम थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button