तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा आजदेखि ‘जोन्सन एण्ड जोन्सन’ को कोरोना विरुद्धको खोप लगाउन सुरु

file photo

नेपालगञ्ज ।  बाँकेमा आजदेखि कोरोना भाइरस विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउन सुरु गरिएको छ । 

अमेरिकन कम्पनी ‘जोन्सन एण्ड जोन्सन’ को खोप बाँकेका ८१ वटै वडामा रहेका स्वास्थ्य संस्थाबाट लगाइँदै छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार ५० वर्षदेखि ५४ बर्ष उमेर समूहका नेपाली नागरिक, अपाङ्गता भएका क र ख वर्गका नागरिक र खोप अनिवार्य गरेका देशमा जाने नागरिकलाई आज र भोलि  ‘जोन्सन एण्ड जोन्सन’ खोप लगाइँदै छ । यो खोप एक डोज मात्र लगाए पुग्छ । 

५० बर्ष माथिका नागरिकले नागरिकता वा उमेर खुल्ने आवश्यक प्रमाण, अपाङ्गता भएकाले अपाङ्गता परिचय पत्र र विदेश जानेलाई भिसाको आधारमा खोप दिइनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button