तपाईँ सुन्दै हुनुहुन्छः

श्रीनगर साँस्कृतिक डबली निर्माण अन्तिम चरणमा

पाल्पा । एक जिल्ला एक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ निमार्ण सुरु भएको श्रीनगर साँस्कृतिक डबली निर्माणको काम निषेधाज्ञाकै बीच अन्तिम चरणमा पुगेको छ ।

प्रदेश सरकारको आर्थिक व्यवस्थापनमा निर्माण भइरहेको डबलीमा हाल ८० प्रतिशत काम निर्माण सम्पन्न भएको छ । 

पाल्पाको बतासे डाँडामा निर्माणाधीन डबलीको अधिकांश निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

गत वर्षको लकडाउनमा कामदार अभावले केही असर गरेको थियो निर्माण कम्पनी प्रतिनिधि दीपक पालले भन्नुभयो ।

निर्माणको कामलाई कोरोना कहरका बीचमा सीमित जनशक्तिबाटै सम्पन्न गर्न नसके पनि अब चाँडै सम्पन्न हुने पालले बताउनुभयो ।

प्रतिष्ठा कन्स्ट्रक्सन प्रा.लि. काठमाडौँले ६ करोड ८२ लाख भन्दा बढीको लागतमा निर्माण सुरु गरेको हो ।

फिनिसङ्गका लागि आवश्यक सामग्रीहरु बाहिरीबाट ल्याउनुपर्ने हुँदा काममा बाधा पुगेको निमार्ण कम्पनीले जनाएको छ । 

सरकारले डिभिजन वन कार्यालय पाल्पाको समन्वयमा निर्माण भएको डबलीमा खुला मञ्च, नाच घर लगायतका संस्कृति झल्किने स्थटलहरु रहनेछन् । 

करिब पाँच सय मानिस अट्ने यो नाचघर सञ्चालनमा आएसँगै लुम्बिनी प्रदेश र देशकै पर्यटन पर्वद्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button