तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौँ । 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाका सिफारिसमा नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै रहने गरी सांसद श्रेष्ठलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यभार सम्हाल्ने गरी राज्यमन्त्रीमा नियुक्त गर्नु भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button