तपाईँ सुन्दै हुनुहुन्छः

सिमेन्टको पिलर लडेर किच्दा एक बालकको मृत्यु

इलाम ।  इलाम नगरपालिकामा सिमेन्टको पिलर लडेर किच्दा एक बालकको मृत्यु भएको छ ।

इलाम नगरपालिका–१, नेपालटारका हर्कबहादुर गुरुङको घरमा डेरा गरी बस्ने ८ वर्षे ग्रेसदीप रिजालको निधन भएको प्रहरीले जनाएको हो ।

भित्तामा ठड्याएर राखेको कम्पाउन्ड बेरा गर्ने सिमेन्टको खम्बा लडेर किच्दा खेलिरहेका बालक गम्भीर घाइते भएका थिए।  घाइते बालकलाई उपचारका लागि इलाम अस्पताल ल्याइएको थियो । अस्पतालमा पुर्याइएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् ।

इलाम नगरपालिकाको खरेल डाँडाका बालक नेपालटारमा डेरा गरी बसेका थिए।  घट्नाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीका डिएसपी गङ्गाबहादुर थापाले जानकारी दिनुभयो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button