तपाईँ सुन्दै हुनुहुन्छः

संक्रमण दर बढेपछि बागलुङको खुंखानी १ हप्ताका लागि सिल

बागलुङ। समुदायमा संक्रमण दर बढेपछि बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर ५ खुंखानी एक हप्ताका लागि सिल गरिएको छ ।

तमानखोला गाउँपालिका बसेको सरोकारवालाको बैठकले शुक्रवार राति १२ बजे देखि साउन १५ गते राति १२ बजे सम्मलाई अत्यावश्यकका सेवा बाहेक सबै बन्द गर्ने निर्णय गरिएको हो वडा नम्बर ५ का अध्यक्ष हिरा बहादुर र्सिपालीले जानकारी दिनुभयो ।

अवधिमा वडा भित्र भिडभाड हुने कुनै पनि क्रियाकलाप नगर्ने, अत्यावश्यक सेवा बाहेक स्वास्थ्य चौकीको ओपिडी सेवा बन्द गर्ने, आवश्यक बाहेक वडा कार्यालयको सेवा बन्द गर्ने, एक घरदेखि अर्को घरमा नजाने, सामाजिक कार्यहरू स्वास्थ्यका मापदण्ड अपनाएर गर्ने निर्णय भएको वडा कार्यालयले प्रकाशित गरेको सुचनामा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button