तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चालनमा आए लामो दुरीका सवारी साधन

काठमाडौं । आजदेखि लामो दूरीका सवारी साधन सञ्चालनमा आएका छन् ।

निषेधआज्ञाका कारण लामो समयदेखि बन्द रहेका लामो दुरीका सवारी साधन मन्त्रिपरिषद्को साउन ४ गतेको निर्णयअनुसार संचालनमा आएका हुन् ।

सरकारले त्रिभुवन विश्वविद्यालय, कक्षा १२ तथा लोक सेवा आयोगलगायतका परीक्षा कार्यक्रम सार्वजनिक भएको भन्दै देशका विभिन्न भागबाट हुने परीक्षा तथा सर्वसाधारणको आवतजावतलाई सहज बनाउने भन्दै लामो दुरीका सवारी साधन खोल्ने निर्णय गरेको थियो ।
सवारी साधन संचालन अघि सरकारले यातायात व्यवसायीहरुलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दुरीका सार्वजनिक गाडी सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरेको थियो ।

यसअघि गृह मन्त्रालयले सार्वजनिक गाडी चलाउन र मापदण्ड पालना गराउन प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्रसमेत गरेको थियो ।

अब देशका विभिन्न जिल्लाबाट काठमाडौं आउने सवारी साधनले सहज प्रवेश पाउनेछन् । कन्ट्याक ट्रेसिङ लगायतको कामको सहजताका लागि जिल्ला प्रसाशन कार्यालय काठमाडौंले अनिवार्यरूपमा टिकट काटेर मात्रै यात्रा गर्न यात्रुलाई अनुरोध गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button