तपाईँ सुन्दै हुनुहुन्छः

थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

file photo

काठमाडौँ । आज देशभर कोरोना भाइरसबाट २ हजार ९ सय ३६ जना संक्रमित भएका छन् । 


९ हजार ६ सय १३ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार ६ जना तथा ४ हजार ५ सय ६९ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ९ सय ३० जना गरी जम्मा २ हजार ९ सय ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


देशभरबाट गएको २४ घण्टामा १ हजार ७ सय ७५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । 


आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९४ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 


देशभरि आज कोरोना सङ्क्रमणबाट ४३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ५ सय ६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button