तपाईँ सुन्दै हुनुहुन्छः

एमाले कार्यदलको बैठकमा सहमतिको मस्यौदामाथि थप छलफल

file photo

काठमाडौँ । नेकपा (एमाले) भित्रको विवाद समाधानका लागि गठित कार्यदलको आजको बैठकमा सहमतिको मस्यौदामाथि थप छलफल भएको छ । 


आज सिंहदरबारमा बसेको कार्यदल बैठकले हिजोको बैठकमा तयार सहमतिको मस्यौदामाथि थप छलफल गरेको र राष्ट्रको आवश्यकता एवं पार्टी कार्यकर्ताको चाहनाअनुसारको नतिजा भोलिसम्म आउने कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिनुभयो । 

नेता भीम रावलले आजको बैठकमा विभिन्न विषयमा छलफल भएको र छिट्टै निष्कर्षमा पुग्ने बताउनुभयो । 


कार्यदलको बैठक पुनः भोलि बस्ने छ । 

कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीको पक्षबाट नेता सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल तथा वरिष्ठ नेता माधव कुमार नेपालको पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button