तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम शुभारम्भ

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको शुभारम्भ गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शैक्षिक कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । 


कार्यक्रमको शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री ओलीले प्रतिष्ठानले दक्ष जनशक्ति उत्पादन गर्ने र भरपर्दो सेवा दिनेमा विश्वस्त रहेको बताउनुभयो । प्रतिष्ठानद्वारा उत्पादित विद्यार्थी हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान् बनाउनुपर्ने उहाँले बताउनुभयो । प्रतिष्ठानले सुरुवात देखि नै राम्रो काम गरेको बताउनुहुँदै उहाँले हरेक शिक्षालाई गुणस्तरीय शिक्षाको रुपमा विकास गर्दै जाने सरकारको लक्ष्य रहेको उल्लेख गर्नुभयो ।
जननेता मदनको ७० औँ जन्म जयन्तीका अवसरमा कार्यक्रमको शुभारम्भ गरिएको हो । 


बागमती प्रदेश सरकारले स्थापना गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा स्नातक तहसम्म अध्यापन गराउन अघिल्लो महिना अनुमति प्राप्त गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button