तपाईँ सुन्दै हुनुहुन्छः

दलहरू निर्वाचनमा केन्द्रित हुनुपर्छः बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले दलहरू सत्तामा जाने लुछाचुँडी छाडी निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । 


समसामयिक राजनीतिबारे सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले प्रजातन्त्रको एउटा महत्त्वपूर्ण सर्त निर्वाचन हो भन्दै सर्वोच्च अदालतले २० जना मन्त्रीको नियुक्तिलाई बदर गरेर यही सन्देश दिएको बताउनुभयो ।


भागबन्डामा लागेका प्रतिपक्षसँग सरकारको विरोध गर्ने नैतिक अधिकार रहँदैन भन्दै उहाँले आफै सरकारमा बसेर चुनाव गराउने स्वार्थकै कारण झगडा भइरहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button