तपाईँ सुन्दै हुनुहुन्छः

दबाब र प्रभावबिना काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

file-photo

काठमाडौँ । उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले दबाब र प्रभावबिना काम गर्न गृह मन्त्रालय मातहतका कर्मचारी र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । 


गृहमन्त्रीको रूपमा आज पदभार ग्रहणपछि आयोजित समारोहमा मन्त्री पौडेलले प्रहरी र गृह प्रशासनमा आफूबाट कुनै हस्तक्षेप नहुने भन्नुहुँदै कर्तव्यनिष्ठ भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।


उहाँले सरकारबाट गर्नुपर्ने काममा कुनै कमी नहुने र मन्त्रीका हैसियतमा गर्ने निर्णयमा आफू जिम्मेवार रहेको पनि बताउनुभयो । राजनीतिक परिस्थितिको प्रभाव सुरक्षा निकायमा र गृह प्रशासनमा पर्न नहुनेमा जोड दिनुहुँदै गृहमन्त्री पौडेलले शान्ति सुरक्षा, मानिसको जीउधनको रक्षा गर्ने सवालमा जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिनुभयो । 


गृह प्रवक्ता जनकराज दाहालका अनुसार गृहमन्त्री पौडेलले काम छिटो, छरितो र इमानदारीपूर्वक गर्न र सरकारको नीति, योजना व्यवहारमा कार्यान्वयन हुने गरी काम गर्न मातहतका निकायलाई निर्देश गर्नुभएको छ ।


उपप्रधानमन्त्री पौडेलले गृह मन्त्रालयसहित अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलश्रोत तथा सिचाइ मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button