तपाईँ सुन्दै हुनुहुन्छः

आज मन्त्रिपरिषद विस्तारको सम्भावना

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मौजुदा मन्त्रिपरिषदमा जनता समाजबादी पार्टीको नेतासहित थप आठ जनालाई सहभागी गराई मन्त्रिपरिषदको विस्तार गर्नुहुने सम्भावना रहेको छ ।
१७ सदस्यीय हालको मन्त्रिपरिषदमा ८ जना थपेर मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको हो । विस्तारित मन्त्रिपरिषदमा नेकपा एमालेका नेता खगराज अधिकारी सम्भवतः गृहमन्त्री हुनुहुनेछ ।
मन्त्रिपरिषद विस्तारमा नेताहरु अधिकारीसहित नारदमुनी राना, मोहन बानियाँ, नैनकला थापा, ज्वालाकुमारी साह, राजकिशोर यादब, गणेश पहाडी र आशा बिक पर्नुहुने चर्चा छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button